१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

टाटा मोटर्सको जेनभोल्टज अब नेपाली बजारमा    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:o६:oo

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले जेनभोल्टज जेनेरेटरको नेपाली बजारमा बिक्री सुरु गरेको छ । भारतस्थित अन्तर्राष्ट्रियस्तरको विकास तथा अनुसन्धान केन्द्रमा डिजाइन, परीक्षण र निर्माण गरिएको यसमा टाटा मोटरको डिजेल इन्जिन जडान गरिएको छ । २५ किलो भोल्टदेखि एक सय २५ किलो भोल्ट क्षमतामा उपलब्ध जेनेरेटरमा म्यानुअल र अटोमेटिक दुवै मोडको व्यवस्था छ । ‘हामी नेपालमा जेनभोल्टज जेनेरेटरको बिक्री गर्न पाउँदा धेरै खुसी छौँ ।’ 

टाटा मोटर्सको कमर्सियल भेहिकल बिजनेस इकाइअन्तर्गत कस्टमर केयरका ग्लोबल प्रमुख राम कृष्णनले बताए । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रूपान्तरणतर्फ केन्द्रित हाम्रो प्रयासमा एक नयाँ ऊर्जा प्रदान गर्नेछ । नेपालको पूर्वाधार एवं औद्योगिक विकासका लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल हुनेछ ।’ यसको विशेष प्रकारको इन्जिनको आयु लामो छ । यो उत्पादनमा सुरक्षित एवं टिकाउ प्रयोगका लागि अन्तर्राष्ट्रियस्तरको अल्टरनेटर र नियन्त्रण प्रणालीको विशेषता पनि छ ।  

निर्माण एवं पूर्वाधार कम्पनी, होटेल, साना तथा मझौला उद्योग र विद्यालयलाई यो उत्पादन उपयुक्त छ ।

ad
ad