मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २७ शुक्रबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २७ शुक्रबार १७:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ठूला ल्यान्डफिल्ड साइटको अन्य विकल्प खोज्नुपर्छ : मन्त्री झाँक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २७ शुक्रबार १७:२९:oo

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि ठूला ल्यान्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन्। शुक्रबार मन्त्रालयमा बन्चरेडाँडावासीहरूसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन्।

उनले ठूला ल्यान्डफिल्ड साइटहरू बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी हुन्। ‘हामीले ठूला ट्रिटमेन्ट प्लान्ट, ठूला प्रोजेक्ट, ठूला ल्यान्डफिल्ड साइटको गफ गर्यौँ अहिलेसम्म। तर ती सक्सेस भएनन्। त्यसैले ठूलो ल्यान्डफिल्ड साइटभन्दा किन्ने, बिक्री गर्ने कानुन, कार्यविधि, मेकानिज्म बनाउनुपर्छ,’ उनले भनिन्।

मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण अहिलेको समस्या सिर्जना भएको बताइन्। सबै पक्षसँग छलफल गरिएकाले अब फाेहोर नउठ्ने कुरा नरहे पनि अब सरकारले बन्चरेडाँडा र सिसडोलवासीको माग पूरा गरेर मात्रै अघि बढ्ने उनले विश्वास दिलाइन्।

'सिसडोलमा कहाँ चुक्यौँ र बन्चरेडाँडामा त्यो गल्ती दोहोर्याउनेछैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेन्ट छ। फोहोर फाल्ने स्ट्यान्डर फलो गरेनौँ भने हुँदैन। यसको अनुगमन, नियमन, कडाइ गर्ने काम गर्नेछौँ। तर स्थानीय तहको सपोर्ट हामीलाई चाहिएको छ। सपोर्टको लागि अनुरोध गर्न चाहन्छु,’ मन्त्री झाँक्रीले भनिन्।