मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २६ बिहीबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ जेठ २६ बिहीबार १२:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मल आपूर्ति र फोहाेर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ २६ बिहीबार १२:१४:oo

प्रतिनिधिसभा सदस्यहरूले मलको अभावका कारण किसानहरू समस्यामा परेको भन्दै  सरकारको ध्यानाकर्षण गराएका छन् ।  छलफलमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।

उनले यस्तै अवस्था रहेमा यसपालि धानको उत्पादनसमेत घट्ने बताए । सांसद त्रिपाठीले प्रहरीका घुमुवाले बिचौलियाको काम गरिरहेको पनि जिकिर गरे । 

सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांंसद गणेशसिंह ठगुन्नाले दार्चुलामा बुधबार एकल महिलालाई आगो लगाएर मारिएको छ भन्दै त्यस घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरे ।