मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ २४ मंगलबार २१:५६:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जिसस जुम्ला : प्रमुखमा कांग्रेसका आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका थकाली निर्विरोध निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ जेठ २४ मंगलबार २१:५६:००

जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा कांग्रेसका गौरीनन्द आचार्य र उपप्रमुखमा एकीकृत समाजवादीका जनक थकाली निर्विरोध निर्वाचित भएका छन् । कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएपछि आचार्य र थकाली निर्विरोध निर्वाचित भएका हुन् । कांग्रेसले समाजवादीलाई उपप्रमुख र एक सदस्य दिएर गठबन्धन गरेको हो । 

कांग्रेसबाट जिल्ला समन्वय समितिको सदस्यमा गंगादेवी रोकाया, धनसुर बुढा, खिमालक्ष्मी काफ्ले, रचा रावत, लग्नमाया भण्डारी बुढा र नरवीर सुनार निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सहायक अधिकृत तोयानाथ उपाध्यायले बताए । यस्तै समाजवादीबाट पदमबहादुर रावत निर्विरोध निर्वाचित भएका छन् । 

जुम्लामा एक नगरपालिका र ७ गाउँपालिका छन् । जिल्ला समन्वय समितिको निर्वाचनमा ८ स्थानीय तहको प्रमुख उप्रमुख गरी १६ जना मतदाता थिए । कांग्रेस ८, माओवादी ६, समाजवादी १ र स्वतन्त्र १ गरी १६ जना मतदाता थिए । 

समाजवादीका थकाली गुठीचौर गाउँपालिका अध्यक्षमा कांग्रेसका दानबहादुर बुढासँग पराजित भएका थिए ।