Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २४ मंगलबार १३:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई कारबाही गर्न सांसद सुवालको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २४ मंगलबार १३:४४:००

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि चुनाव चिह्न मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाही गर्न माग गरेका हुन्।

यसखालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको निम्ति पनि कारबाही गर्नुको विकल्प नभएको सांसद सुवालको तर्क थियो। उनले निर्वाचन जित्न पैसा र सामान बाँड्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए।

‘निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादल दिएन। यसविरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनुभयो। तैपनि दिइएन। यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम गर्‍याे। आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु,’ उनले भने।