Skip This
 मकवानपुर गोल्डकप सशस्त्र र पुलिस क्वार्टरफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
बलका लागि संर्घष गर्दै एपिएफ र फ्रेन्ड्सका खेलाडी ।
२o८१ बैशाख २६ बुधबार १o:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

 मकवानपुर गोल्डकप सशस्त्र र पुलिस क्वार्टरफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o६:oo

सशस्त्र प्रहरी बलको एपिएफ क्लब फ्रेन्ड्स क्लबलाई ३–० ले हराउँदै चौथो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण स्थगित भएको थियो । यो खेल आइतबार बिहान खेलाइएको हो । जसमा एपिएफले सहज जित निकाल्यो । एपिएफ त्रिभुवन आर्मीविरुद्ध सोमबार पहिलो क्वार्टरफाइनलमा भिड्नेछ ।

एपिएफले खेलको २९औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिएको थियो । फ्रेन्ड्सका डिफेन्डरले प्रदीप लामामाथि डिबक्सभित्र ‘फल’ गरेपछि एपिएफले पेनाल्टी पाएको हो । नवीन लामाले कुनै पनि गल्ती नगरी पेनाल्टीबाट गोल गरे । एपिएफले मध्यान्तरपछि दुई गोल थप्दै अन्तिम आठको यात्रा पक्का पा¥यो । तर, खेलको ५५औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित भएको थियो ।

५५औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित
राजीव पहारी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बाँकी समय एपिएफले १० खेलाडीमा रहँदै प्रतिस्पर्धा गर्‍यो । फ्रेन्ड्सले भने त्यसको फाइदा लिन सकेन । ७६औँ मिनेटमा एपिएफका लागि वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका सविन गुरुङले २–० का लागि गोल गरे । खेलको अन्तिम इन्जुरी समयमा रवि थिङले एपिएफको जित ३–० को सुनिश्चित गरे । उनको शक्तिशाली प्रहार फ्रेन्ड्सका गोलरक्षक राजाबाबु मगरको ग्लोब्समा लाग्दै गोलमा परिणत भएको थियो ।

 प्रतिस्पर्धाको ४९औँ मिनेटमा जय गुरुङको प्रहार एपिएफका गोलरक्षक राजु योगीले बचाए । ६६औँ मिनेटमा सुवास गुरुङको प्रहार पोस्टनजिकैबाट बाहिरियो । ८८औँ मिनेटमा फ्रेन्ड्सका दिपेश आलेले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुके । खेलको ‘म्यान अफ द म्याच’ एपिएफका प्रदीप लामा बन्दै १० हजार रुपैयाँ हात पारे । 

पुलिसले खुमलटारलाई हरायो
प्रतियोगिताअन्तर्गत आइतबार दोस्रो खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गर्‍यो । यसै सिजनमा खुमलटार ‘ए’ डिभिजनमा बढुवा भएको हो ।पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे । रिजालले खेलको दोस्रो मिनेटमै पुलिसलाई १–० को अग्रता दिलाए । खेलको २३औँ मिनेटमा शाहले पुलिसलाई २–० को स्थितिमा पुर्‍याए । 

खुमलटारका लागि अजित लामाले ८५औँ मिनेटमा गोल गरे । खेलको दोस्रो मिनेटमै खुमलटारले गोल व्यहोरेपछि दबाबमा पर्‍यो । दोस्रो हाफमा रक्षात्मक बनेको पुलिसमाथि खुमलटारले दबाब राखेको थियो । खेलमा खुमलटारका दिवस छन्त्याल ‘म्यान अफ दी म्याच’ हुँदै १० हजार रुपैयाँ हात पारे । अब पुलिसले अन्तिम आठमा मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

ad
ad