जिल्ला समन्वय समिति (जिसस) गोरखाको निर्वाचन जेठ ३० गते हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार सूचना जारी गर्दै पालिकाहरूको निर्वाचन सकिएकाले जिल्ला समन्वय समितिको निर्वाचन गर्ने उल्लेख गरेको छ।
मुख्य निर्वाचन अधिकृत दीनबन्धु बरालले जेठ २२ गते मतदाता नामावली प्रकाशन, २५ गते उम्मेदवारको मनोनयन दर्ता र ३० गते मतदानको तालिका सार्वजनिक गरेका हुन्।
जिससको निर्वाचनमा जिल्लाका ११ पालिकाका प्रमुख–उपप्रमुख गरी २२ जना सदस्य मतदाता हुनेछन्। जिसस प्रमुख, उपप्रमुखसहित नाै सदस्यीय समितिका लागि उम्मेदवार भने नगर तथा गाउँसभाका सदस्यहरू बन्न पाउने व्यवस्था छ।