मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रतिकात्मक तस्बिर ।
नवीन गुरुङ संखुवासभा
२०७९ जेठ २२ आइतबार १५:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भालुको आक्रमणबाट संखुवासभामा एकजना घाइते

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७९ जेठ २२ आइतबार १५:३३:००

संखुवासभाको भोटखोला गाउँपालिकामा भालुको आक्रमणबाट एकजना घाइते भएकी छिन्। भोटखोला– २ गुठिगुम्बाकी योङजुङ भोटे भालुको आक्रमणबाट घाइते भएकी हुन्।
 
आज बिहान गाउँनजिकैको जंगलमा भोटेलाई भालुले आक्रमण गरेको हो। हिजो शनिबार साँझबाट हराएको गोरु खोज्न जंगल गएको वेला उनलाई भालुले आक्रमण गरेको हो। घाइते भोटेको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिए।

घाइते भोटेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। अध्यक्ष भोटेका अनुसार घाइते भोटेको उपचार खर्च गाउँपालिकाले व्यहोर्नेछ।  भालुको आक्रमणबाट भएको क्षतिपूर्तिका लागि मकालु बरुण राष्ट्रिय निकुञ्जसँग समन्वय भइरहेको पनि अध्यक्ष भोटेले जानकारी दिए। यसअघि पनि संखुवासभामा भालुले पटकपटक आक्रमण गरेका घटना छन्। निकुञ्ज क्षेत्रमा जंगली जनावरहरू मार्न प्रतिबन्ध छ।