Skip This
ad
आज नेवार समुदायले सिथि नखः पर्व मनाउँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आज नेवार समुदायले सिथि नखः पर्व मनाउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:५o:oo

आज काठमाडौं उपत्यकामा सिथि नखः पर्व मनाइँदै छ। नेवारी सभ्यताअनुसार हरेक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन यो पर्व मनाउने गरिन्छ। यस दिनमा शिवपुत्र कुमारको पूजाआजा गर्ने चलन छ।

यो पर्वमा पानीको मुहान सरसफाइ गरी विभिन्न प्रकारका मिष्ठान भोजन खाने गरिन्छ। यस वर्ष पनि सदाझैँ काठमाडौं उपत्यकाभित्र रहेका ढुंगेधारा, इनार, कुवा, धारा सफा गरेर नखः पर्व मनाइँदै छ। सरसफाई गरिसकेपछि सो स्थानमा पूजाआजा गरिन्छ।

मंगलटोल सुधार समितिका सदस्य रविन कपाली ढुंगेधारा, इनार, कुवालगायतको सरसफाइ र पूजाआजा गरेर मनाउने नखः पर्व नेवार समुदायको विशेष पर्व रहेको बताउँछन्। काठमाडौं उपत्यकाको पुरातात्विक, धार्मिक तथा ऐतिहासिकतालाई झल्काउने ढुंगेधाराहरूको संरक्षणमा सरकारले चासो नदेखाएकोमा उनले दुःख व्यक्त गरे।

हालसम्म स्थानीयको जागरुकताले ढुंगेधाराहरू बचाउन सकिएको भए पनि पानीको मुहान बिस्तारै सुक्दै गएको उनको भनाइ छ । सरकारले ढुंगेधाराको संरक्षण गर्नका लागि र पानीको मुहान नसुकोस् भन्नका लागि अनुसन्धान गर्नुपर्ने उनले बताए।

ad
ad