१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ २२ आइतबार ०८:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१४ बुँदे घोषणापत्र जारी गर्दै सकियो ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकहरूको सम्मेलन

Read Time : < 1 मिनेट
२०७९ जेठ २२ आइतबार ०८:१९:००

चितवनको सौराहामा ग्लोबल आइएमई बैंकका शाखा प्रबन्धकहरूको सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, सञ्चालक समिति, व्यवस्थापन समितिसहितको सहभागितामा देशभरका दुई सय ८८ शाखाबाट उपस्थित शाखाका प्रबन्धकहरूको सहभागितामा तीन दिनसम्म सम्मेलन चलेको थियो ।

बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न भएको सम्मेलनमा चार सयभन्दा बढीको सहभागिता रहेको थियो । सम्मेलनले बैंकको आगामी योजना, लक्ष्य र कार्यक्रमलाई घोषणापत्रमा समेट्दै सम्पन्न भएको हो । सम्मेलनका क्रममा सातवटै प्रदेशको छुट्टाछुट्टै समूहमा छलफल गरी आगामी आर्थिक वर्षका लागि योजना र आर्थिक लक्ष्यसमेत तयार पारिएको थियो ।

सम्मेलनमा सहभागीहरूले शनिबार वित्तीय साक्षरता जगाउने उद्देश्यले डिजिटल बैंकिङसम्बन्धी सचेतना र्‍याली निकालेका थिए । नारायणी नदी–किनारबाट सुरु भएको र्‍याली पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुल्चोक, सहिदचोक, लायन्स हुँदै भरतपुर हाइटमा पुगेर समापन भएको थियो । बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले र्‍यालीलगत्तै भरतपुरमा ग्लोबल आइएमई बैंकको क्षेत्रीय कार्यालय भवनको शिलान्यास गरेका छन् ।

भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको यस अत्याधुनिक भवनको लागत ३० करोड छ । भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने नारा नै आफूहरूको भएको भन्दै गुणस्तरीय सेवाका लागि आफ्नो टिम सधैँ तत्पर रहनुपर्ने बताए  ।  

तीनवटा देशमा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय रहेको बैंकका दुई सय ८८ वटा शाखा कार्यालय, दुई सय ६० वटा एटिएम, दुई सय ७५ वटा शाखारहित बैंकिङ सेन्टर र ५१ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन् । यस्ता सम्मेलनले कार्मचारीमा हौसलासँगै काममा थप दक्षता ल्याउने बैंकका नारायणगढ शाखा प्रमुख लक्ष्मण पौडेल बताउँछन् ।