मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २२ आइतबार ०७:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

१ असारबाट राप्रपाले आन्दोलन थाल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २२ आइतबार ०७:५६:००

राजनीतिक र जनजीविकाका सवालमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलन सुरु गर्ने केन्द्रीय समितिको निर्णय

राप्रपाले राजनीतिक र जनजीविकाका सवाललाई लिएर आन्दोलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । 

मोहन श्रेष्ठ, प्रवक्ता, राप्रपा

१ असारमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय भएको छ । हिन्दुराष्ट्र, राजसंस्थाको पुनर्स्थापनाजस्ता राजनीतिक र भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रणलगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दामा आन्दोलन केन्द्रित हुनेछ ।

हिन्दुराष्ट्र, राजसंस्थाको पुनस्र्थापनाजस्ता राजनीतिक र भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रणलगायत जनजीविकासँग प्रत्यक्ष सम्बन्धित मुद्दामा आन्दोलनमा जाने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘१ असारमा सरकारलाई ज्ञापनपत्र बुझाउँदै सशक्त र चरणबद्ध आन्दोलनको सुरुवात गर्ने निर्णय गरिएको छ,’ प्रवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

बैठकले आफ्ना सवालहरू समेटी १ असारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । राप्रपाका ७७ वटै जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरूलाई पनि ज्ञापनपत्र बुझाउने राप्रपाको तयारी छ । बिहीबार धुलिखेलमा सम्पन्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको राजनीतिक एजेन्डाको पक्षमा जनमत बनाउने निर्णय गरेको थियो । यसका लागि जनजीविकासँग सम्बन्धित विषयमा दबाब सिर्जना गर्न जनपरिचालन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।