१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Friday, 27 September, 2024
२o७९ जेठ २१ शनिबार १३:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोरखामा बस र मोटरसाइकल ठोक्किँदा एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार १३:२४:oo

गोरखा नगरपालिका–१३ स्थित तीनकिलोमा बस र मोटरसाइकल ठोक्किँदा शनिबार एकजना घाइते भएका छन्। गोरखाबाट आबुखैरेनी जाँदै गरेको ना ५ ख ५००५ नम्बरको बस र ग २१ प ४८८ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार पालुङटार नगरपालिका–५ का ४५ वर्षीय हरि देवकोटा घाइते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी लीलाराज लामिछानेले बताए। शनिबार करिब ११ः४५ बजे यात्रु झार्ने क्रममा रोकीराखेको बसमा मोटरसाइकल ठोक्किएको उनले बताए। घाइते देवकोटाको खुट्टामा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि चितवन लगिएको डिएसपी लामिछानेले जानकारी दिएका छन्।