१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २१ शनिबार
  • Saturday, 06 July, 2024
२o७९ जेठ २१ शनिबार १o:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुगुको यार्सा क्षेत्रमा लेक लागेर दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २१ शनिबार १o:३१:oo

मुगम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुईजनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माविमा ९ कक्षामा अध्ययरत थिए ।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको ज्यान गएको मुगुम कार्मारोङ गाउँपालिका वडा नं–७ का वडाअध्यक्ष शशांक लामाले जानकारी दिए । एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुईजनाको अकालमा ज्यान गएको उनले बताए । 

बुधबार यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहलाई कोइकी पाटनमा लेकलागेको थियो । लेक लागेर उनी बिरामी भएका थिए । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

यार्सा टिप्न गएका सर्बसाधारणलाई लेक लागेर बिरामी हुने र तत्कालै उद्धार एवं औषधि उपचारको अभावमा बर्सेनि  अकालमा धेरैको ज्यान जाने गरेको छ । 

  
 

ad
ad
ad
ad