१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १९ बिहीबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ १९ बिहीबार o८:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

मिस तमुस्यो लमजुङको  ताज सुष्मालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १९ बिहीबार o८:३८:oo

लमजुङमा पहिलोपटक सञ्चालन भएको ‘मिस तमुस्यो लमजुङ–०२२’ को ताज सुष्मा गुरुङले पहिरिएकी छिन् । बेंसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को फाइनलमा पुगेका आठजनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । 

विजेता सुष्माले बेस्ट डिसिप्लेनको अवार्ड पनि जितेकी छिन् । वविता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेंसीसहर र पाचोक नौथर तमु समाज काठमाडौँले आयोजना गरेको प्रतियोगिताका विजयीलाई ०१८ को अन्तर्राष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष वविता गुरुङ, मिसेस लमजुङ ०१७ का विजेता शोभा ठकुरीलगायतले ताज पहिर्‍याएका थिए । 

प्रतियोगितामा फस्ट रनरअप गृष्मा गुरुङ र सेकेन्ड रनरअप निरुता गुरुङ भएका छन् । उनीहरूलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न गिफ्ट–ह्याम्पर प्रदान गरिएको थियो । प्रतियोगितामा बेस्ट फिगर र बेस्ट फोटोजेनिकको अवार्ड विपना गुरुङ, बेस्ट वाकको अवार्ड ज्योति गुरुङ, बेस्ट पर्सनालिटीको अवार्ड इन्दु गुरुङ, बेस्ट स्माइल र मोस्ट ट्यालेन्टको अवार्ड सुमित्रा गुरुङले जितेकी छन् । यस्तै कार्यक्रममा माया गुरुङले बेस्ट हेयर, निरुता गुरुङले बेस्ट ल्याङ्ग्वेज, गृष्मा गुरुङले मस्ट पपुलरको उपाधि पाएका छन् । प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुसी गुरुङ र गीतकार आस गुरुङ थिए ।