मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Wednesday, 18 December, 2024
गणेश लम्साल विराटनगर
२o७९ जेठ १८ बुधबार १o:१८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जन्मकैदको सजाय भोगिरहेका झलक घर फर्किएपछि आफन्त र गाउँलेले गरे अबिरजात्रा 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार १o:१८:oo

१५औँ गणतन्त्र दिवसको अवसरमा जन्मकैद सजाय सुनाइएका पूर्वजनमुक्ति सेना भगत चौधरी ‘झलक’लाई सरकारले आममाफी दियो । चौधरीले आममाफी पाएर घर फर्किँदा आफन्त र गाउँलेले पूजाआजा र अबिरजात्रा गरेका छन् । नेपाल आर्मीबाट  विद्रोह  गरेर जनयुद्धमा सहभागी भएको आरोपमा शान्तिप्रक्रियाविपरीत जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरी जेलमुक्त भएपछि आफन्तले अबिरजात्रा गर्दै हर्षबढाइँ गरेका हुन् । 

चौधरी साढे चार वर्षदेखि शान्तिप्रक्रियाविपरीत जन्मकैदको सजाय भोगिरहेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असल चालचलन भएका कैदीलाई आममाफी दिएपछि झलक  १५ जेठमा जेलमुक्त भएका थिए । उनी  १७ जेठ  अपराह्न सांसद अमनलाल मोदीसँगै मोरङको ग्रामथान गाउँपालिका– ३ रंगटोलीस्थित आफ्नो घर पुगे । 

मोरङको ४ नम्बर क्षेत्रका संघीय सांसद अमनलाल मोदीसँगै घर पुगेका झलकलाई आफन्त र गाउँलेले वैवाहिक समारोहमा जस्तै बाजा बजाएर भित्र्याए भने  गाउँले मिलेर भोज खाए । सांसद मोदीले झलकलाई गृहप्रवेश गराए ।  

पुनर्जन्म गराएको भन्दै सरकार र प्रचण्डप्रति भार 
जेलमुक्त भएर घर फर्केका झलकले आममाफी  दिएर आफूलाई पुनर्जन्म गराएको भन्दै  वर्तमान सरकार र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशेष धन्यवाद दिए । उनले अब गाउँमै उद्यम गरेर वृद्ध बाबुआमा र परिवारको भरणपोषण गर्दै  समुदायको सेवामा लागिरहने प्रतिबद्धता गरे । 

हतियारसहित सेनाको क्याम्पबाट भागेर जनयुद्धमा सहभागी भएका थिए झलक 
०६२ साल साउन ८ संखुवासभाको चैनपुरस्थित नेपाली सेनाको क्याम्पबाट दुई थान हतियारसहित भागेका झलक  गणतन्त्रका लागि सशस्त्र जनयुद्ध गरिरहेको माओवादीको जनमुक्ति सेनामा सामेल भएका थिए  । जनमुक्ति सेनामा रहेर उनले धेरैवटा लडाइँ लडेका थिए ।  शान्तिप्रक्रियापछि उनी वाइसिएल भएर निरन्तर पार्टी काममा खटिएका थिए ।  ८ मंसिर  ०७४ मा उनलाई प्रहरीले विप्लव समूहमा लागेर सशस्त्र गतिविधि गरेको आरोपमा पक्राउ गरेको  थियो । त्यसपछि  प्रशासनले सेनाको भगौडा हो भन्दै  शान्तिप्रक्रियाविपरीत झलकलाई नेपाली सेनालाई जिम्मा लगाएको थियो  । सेनाले विद्रोह गरेको आरोपमा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय फैसला गरेको थियो ।  झलकले मुद्दा पुनरावेदन गरे पनि सर्वोच्चले पनि  सैनिक अदालतकै फैसला सदर गरिदिएको थियो । 

आममाफीका लागि  परिवारको याचना 
आफ्नै बलबुताले सेनामा भर्ती भएर दुई वर्ष मात्र जागिर खाएको छोराले कुनै ज्यान मार्ने काम नगरेको, मात्र  गणतन्त्रका लागि विद्रोह गरेर जनयुद्धमा सामेल भएकाले  आममाफी दिन झलकका आमाबुबा र आफन्तले बिलौना गर्दै आएका थिए ।  शान्तिप्रक्रियाविपरीतको मुद्दामा जन्मकैद सजाय भोग्न बाध्य  झलकलाई जेलमुक्त  गराउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशनमा मोरङ ४ नम्बर क्षेत्रका संघीय सांसद अमनलाल मोदी निरन्तर लागिपरेका थिए । झलकका वृद्ध बाबुआमा दुवै हाडजोर्नीका बिरामी छन् । वैदेशिक रोजगारमा रहेकी उनकी पत्नी पनि पक्षघातकी बिरामी छिन् । सुकुमबासी परिवार भएकाले जीवन धान्न धौधौ छ । दुईजना दाइभाइ अर्काको जमिन अँधिया गरेर जीवन गुजारा गर्छन् । उनका  १५  र ६ वर्षका छोरा छन् ।