१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सुन्दर​​​​​​​ हरिजन परिवारले बुझे शव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:२o:oo

रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्ज उपमहानगरपालिका– २, दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव परिवारजनले बुझेका छन् । घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई प्रतिवेदन बुझाएपछि परिवारजनले मंगलबार शव बुझेका हुन् । कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईंको नेतृत्वमा ६ जेठमा गठन भएको छानबिन समितिले १६ जेठमा विभागलाई प्रतिवेदन बुझाएको हो । 

मोबाइल चोरीको आरोपमा बाँके जिल्ला अदालतले सुन्दरलाई १० हजार रुपैयाँ धरौटी बुझाउन भनेको थियो । तर, हरिजनले धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएका थिए । हातहतियार तथा खरखजाना मुद्दामा सजाय पाएका सुर्खेतका विजयविक्रम शाहलाई कारागारबाट भगाएर शाहको सजाय भुक्तान गर्न हरिजनलाई लगाएको खुलेको छ । 

शौचालयको चुकुल भित्रबाट लगाएको र हरिजन गलबन्दीको पासोमा झुन्डिएको अवस्थामा फेला परेकाले उनको मृत्यु आत्महत्याबाट भएको देखिएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । 

ad
ad