मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ १७ मंगलबार १६:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा सात कृषक सम्मानित

Read Time : < 1 मिनेट
२०७९ जेठ १७ मंगलबार १६:५४:००

‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’द्वारा काभ्रेका चारसहित सात कृषक सम्मानित भएका छन्। कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेबापत कृषि ज्ञान केन्द्र धुलिखेल काभ्रेले सो सम्मान गरेको हो।

काभ्रेबाट २८ कृषकले र सिन्धुपाल्चोकबाट १० कृषकले निवेदन दिएकोमा मंगलबार एक समारोहबीच काभ्रेका चार र सिन्धुपाल्चोकका तीन उत्कृष्ट कृषकलाई सो सम्मान गरिएको हो।

सम्मानित हुनेमा काभ्रे  नमोबुद्ध नगरपालिका– ८ मा अवस्थित एलिस्का कृषि फर्मका सञ्चालक दीपेशचन्द्र तामाङ, बनेपा नगरपालिका– १३ स्थित झ्याम्मल कृषि फर्मका सञ्चालक कमला तामाङ, मण्डनदेउपुर नगरपालिका– ६ स्थित मडिल कृषि फर्मका सञ्चालक राजेन्द्र ढकाल र बनेपा नगरपालिका– ४ की अप्सरा घिमिरे तिमल्सिना रहेका छन्।

त्यसैगरी, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– ११ स्थित इन्द्रावती पशुपालन तथा कृषि फर्मका सञ्चालक भीमप्रसाद दुलाल, हेलम्बु गाउँपालिका– २ स्थित युवा सिर्जनशील कृषि तथा पशुपालन फर्मका सञ्चालक डिन्डुप तामाङ र मेलम्ची नगरपालिका– ११ का न्युरचुङ तामाङ सम्मानित भएका छन्। उनीहरूलाई नगद १५ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ।