१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार १६:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ३५ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १६:२४:oo

सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि उच्च अंकले गिरावट आएको छ। नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.११, फ्लोट इन्डेक्स २.४० र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

आज १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचकमा गिरावट आएको  छ। जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ।  बैंकिङ, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

यद्यपि, आज उपकार लघुवित्तको सेयरमूल्य भने ८.२३ प्रतिशतले बढेको छ। त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ। आज नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य  नकारात्मक सर्किट लेभलमा कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ६.५ प्रतिशत घटेको छ।