मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १६ सोमबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १६ सोमबार २१:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्लामावादमा सगरमाथा दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १६ सोमबार २१:५५:oo

पाकिस्तानको इस्लामावादस्थित नेपाली राजदूतावासले सोमबार सगरमाथा दिवस कार्यक्रमको आयोजना गरेको छ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको पहिलो आरोहण गरेको सम्झनामा यो कार्यक्रम आयोजना गरिएको थियो।

पाकिस्तानका लागि नेपालका राजदूत  तापस अधिकारीले अतिथिहरूलाई स्वागत गर्दै अब्दुल जोशीलाई सन् २०२२ मे १६ मा सगरमाथा आरोहण गरेकोमा बधाई दिए। राजदूत अधिकारीले उनलाई भने, ‘धेरै युवा पाकिस्तानीहरूलाई पर्वतारोहण र साहसिक पर्यटनका लागि प्रेरित गर्नुहोस् र नेपाल र पाकिस्तानबीच जनसम्पर्क बढाउनुहोस्। ‘

उनले जलवायु परिवर्तनले हिमालमा परेको असरलाई उजागर गर्दै त्यसको नकारात्मक असरलाई सामूहिक रूपमा सम्बोधन गर्न आग्रह गरे ।

कार्यक्रममा जोशीले सगरमाथा आरोहण गर्ने क्रममा आफ्नो रमाइलो यात्राको अनुभव सुनाएका थिए । उनले नेपाल र पाकिस्तानबीच विशेषगरी पदयात्रा र पर्यटनको क्षेत्रमा धेरै समानताहरू रहेको भन्दै सहकार्यमा जोड दिए ।