सरकारले नेपाली नियोगहरूको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दूतावासको अवधारणा लागू गर्ने भएको छ। बजेट वक्तव्यमार्फत सरकारले यस्तो घोषणा गरेको हो।
‘विदेशमा रहेका नेपाली नियोगहरूको संख्या पुनरावलोकन गरिनेछ। नेपाली नियोगहरूको भौतिक उपस्थिति नरहेको स्थानमा भर्चुअल दूतावासको अवधारणाअन्तर्गत व्यवस्था गरिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ।