मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव वीरगन्ज
२०७९ जेठ १५ आइतबार १५:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ कैदीबन्दी रिहा

Read Time : < 1 मिनेट
२०७९ जेठ १५ आइतबार १५:३८:००

१५औँ गणतन्त्र दिवसको अवसरमा वीरगन्ज कारागारबाट ३८ जना कैदीबन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट ३५ पुरुष र तीन महिला गरी ३८ जना कैदी रिहा भएका हुन् ।

कारागारबाट कर्तव्य ज्यान मुद्दाका २१ पुरुष र तीन महिला गरी २४ जना, सवारी ज्यान मुद्दाका तीन, सरकारी किर्ते मुद्दाका दुई, सवारी ज्यान मुद्दाका तीनजना, चोरी मुद्दाका एक, डाँका मुद्दाका दुई, बहुविवाहका दुई, काठचोरी मुद्दाका एक, राहदानी चोरीका एक, ज्यान मार्ने उद्योगका एकजना गरी जम्मा ३८ जना रिहा गरिएको वीरगन्ज कारागारले जनाएको छ । जसमध्ये कर्तव्य ज्यान मुद्दाका एकजनालाई पनि आममाफी भएको छ । 

मन्त्रिपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने गरेको निर्णयपछि उनीहरूको रिहा गरिएको वीरगन्ज कारागार प्रमुख कृष्ण गैरे बताए । रिहा हुनेमा असल चालचलन भएको, ५० प्रतिशत कैद भुक्तान भएको, मुद्दा अन्तिम भएको र सरकारले प्रतिबन्ध लगाएका १९ प्रकारका मुद्दाबाहेकका कैदीलाई रिहा गरिएको उनले बताए ।

लागुऔषध, भ्रष्टाचार, मानव तस्करी, सर्वस्वसहित जन्मकैद र चेलिबेटी बेचबिखनलगायत १९ प्रकारका मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरे पनि आममाफी दिइँदैन । हाल वीरगन्ज कारागारमा ४८ जना महिलासहित एक हजार तीन सय २९ कैदीबन्दी विभिन्न मुद्दामा जेल सजाय भुक्तान गरिरहेका छन् ।