१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अवैध रूपमा डिजिटल तराजु बिक्री गरेपछि चिनियाँ लगानीको मल कम्पनी सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:२७:oo

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले भरतपुरमा अनुमति नलिई डिजिटल तराजु बिक्रीका लागि राखेको भेटिएपछि भन्दै खुन्हा एक्सपोर्ट–इम्पोर्ट प्रालिको बिक्री केन्द्र र गोदाम सिल गरेको छ ।

अनुमतिपत्रविना राखिएका, भन्सार नतिरी ल्याइएका, लेभल नभएका सात सयभन्दा बढी डिजटल तराजुहरू रहेको गोदाम सिल गरिएको हो । गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक सुनीलकुमार यादवले डिजिटल तराजु भएको गोदामसँगै अन्य दुईवटा गोदाममा पनि सिल गरेको जानकारी दिए । सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनको भनाइ छ ।  

चाइनाको मिश्रित मल वितरणको मात्र अनुमति लिएर खोलिएको यस कम्पनीको गोदाममा डिजिटल तराजु भेटिएको थियो । कम्पनीमा चिनियाँको लगानी भएको यसका सञ्चालक बताउँछन् । कम्पनीको व्यवस्थापक रहेका भक्तबहादुर थापाले कागजपत्रमा आफूहरूको नाम भए पनि कर्मचारीजस्तै बनेर आफूले काम गरेको बताए । उनले डिजिटल तराजु कहाँबाट कसरी आएको भन्ने कुरासमेत आफूलाई जानकारी नभएको बताए ।

लकडाउनपछि गोदाम खाली थियो, चिनियाँले तराजु ल्याएर राखेपछि उनीहरूकै लगानीको कम्पनी भएकाले किन राखेको भनेर प्रश्न गर्न नमिलेको उनको भनाइ छ । यद्यपि, कम्पनी गोर्खाकी विनादेवी पन्तको नाममा दर्ता छ । नेपालको कानुनअनुसार अवैध रूपमा तराजु, काँटा ल्याएको प्रमाणित भएमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन्छ ।

ad
ad