Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १३ शुक्रबार १८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवैध रूपमा डिजिटल तराजु बिक्री गरेपछि मल कम्पनी सिल 

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार १८:०३:००

गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जले भरतपुरमा अनुमति नलिई डिजिटल तराजु बिक्रीका लागि राखे भन्दै खुन्हा एस्पोर्ट इम्पोर्ट प्रालिको बिक्री केन्द्र र गोदामलाई शुक्रबार सिल गरेको छ ।

भरतपुरको खुन्हा एस्पोर्ट इम्पोर्ट प्रालिको गोदाममा सात सय बढी अनुमति-पत्रविना राखिएको, भन्सार नतिरी ल्याइएको, लेभल नभएको डिजिटल तराजुहरू थिए । गुणस्तर तथा नापतौल कार्यलय वीरगन्जका निरीक्षक सुनीलकुमार यादवले डिजिटल तराजु भएको गोदामसँगै अन्य दुईवटा गोदममा पनि सिल गरेर तीन दिनभित्र सञ्चालकलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । 

चाइनाको मिश्रित मल वितरणको मात्र अनुमति लिएर खोलिएको यस कम्पनीको गोदाममा अवैध रूपमा ल्याइएको डिजिटल तराजु पनि छ । यो कम्पनीमा चाइनिजहरूको लगानी भएको यसका सञ्चालकहरू बताउँछन् । कम्पनीको म्यानेजर रहेका भक्तबहादुर थापाले कागज-पत्रमा आफूहरूको नाम भए पनि कर्मचारी जस्तै बनेर आफूले काम गरेको बताए । 

उनले डिजिटल तराजु कहाँबाट कसरी आएको भन्ने कुरासमेत आफूलाई जानकारी नभएको बताए । ‘लकडाउनपछि गोदाम खाली थियो । चाइनिजहरूले ल्याएर राखे । उनीहरूकै लगानी भएको कम्पनी हो,’ उनले भने । यद्यपि कम्पनी गोर्खाकी विनादेवी पन्तको नाममा दर्ता छ । नेपालको कानुनअनुसार अवैध रूपमा तराजु, काँटा ल्याएको प्रमाणित भएमा १ वर्ष कैद र १० हजार जरिवाना हुन्छ ।