मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ जेठ १३ शुक्रबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचखालमा औषधि र मल छर्न ड्रोनको परीक्षण

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार १६:२८:००

काभ्रेको पाँचखालमा औषधि, निमजन्य विषादी र मल छर्नका लागि ड्रोनको परीक्षण गरिएको छ। पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ति कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधि, निमजन्य विषादी र मललगायत घुनलशील पदार्थ छर्न परीक्षण गरेको हो।

१६ लिटर क्षमताको ड्रोनले एकपटकमा १६ रोपनी जग्गामा विषादी छर्ने मुक्ति कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिए। यसलाई ‘अटोमेटिक’ रूपमा र नियन्त्रणमा राखेर पनि सञ्चालन गर्न सकिने पाण्डेको भनाइ छ। सेन्सरसहितको यो ड्रोनलाई रूख, तारहरू भए पनि असर गर्दैन।

परीक्षणको अनुगमन गर्दै पाँचखाल नगरप्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयासस्वरूप परीक्षणको रूपमा ड्रोनबाट औषधि, निमजन्य विषादी र मल छर्कने कार्यको परीक्षण गरिएको जानकारी दिए।