जनकपुर बोल्ट्सका ललित राजबंशी यो वर्षको नेपाल प्रिमियर लिगमा सर्वाधिक विकेट लिने बलर बनेका छन्।
शनिबारको फाइनल खेलमा विकेट लिएसँगै उनले १७ विकेट पुगेको छ। यसअघि सुदुरपश्चिम रोयल्सका स्कट कुगेलिज्न र ललितको नाममा समान १६ विकेट थियो।
फाइनलमा जनकपुर र सुदुरपश्चिमबिच प्रतिस्पर्धा छ । फाइनलमा स्कट पनि खेलिरहेकाले दुई बलरबिच प्रतियोगिताको सर्वाधिक विकेटका लागि प्रतिस्पर्धा जारी छ।
फाइनलमा टस जितेर सुदुरपश्चिमले ब्याटीङ गरिरहेको छ।