मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ६ शनिबार १६:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एनपिएल च्याम्पियन्स जनकपुर बोल्टसलाई प्रधानमन्त्री ओलीले दिए बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार १६:३४:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जितेकोमा जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । आज (शनिबार) त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै पहिलो च्याम्पियन बनेको हो।

प्रधानमन्त्री ओलीले यो ऐतिहासिक जितप्रति खुशी व्यक्त गर्दै भने, ‘बधाई जनकपुर बोल्ट्स, एनपिएलको पहिलो उपाधि जित्न सफल भएकोमा । आजको खेलमा सुदूरपश्चिम रोयल्सको प्रदर्शन पनि उत्कृष्ट रह्यो । यससँगै नेपाली क्रिकेटको महापर्व सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम, आयोजक तथा व्यवस्थापकलाई पनि धन्यवाद ।’

जनकपुरले १८५ रनको लक्ष्य १९ ओभर २ बलमा ५ विकेटको क्षतिमा भेट्टाउँदै उपाधि जितेको हो । जनकपुरका ओपनर लहिरु मिलान्थाले ४९ बलमा ८७ रनको विस्फोटक पारी खेले ।कप्तान आशिफ शेखले १९ बलमा ३३ रन र हर्ष ठाकरले ३० रनको योगदान दिए । जनकपुरले ट्रफीका साथै एक करोड १० लाख रुपैयाँ पुरस्कार राशी हात पारेको छ।

सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारी र सैफ जैफले ११७ रनको उत्कृष्ट साझेदारी गरे पनि बलिङ र फिल्डिङको कमजोरीका कारण हार बेहोर्नुपर्‍यो । जनकपुरका किशोर महतो र मोहम्मद मोहसिनले ३÷३ विकेट लिँदै सुदूरपश्चिमको रनसंख्यालाई नियन्त्रणमा राख्न भूमिका खेले । प्रधानमन्त्री ओलीले यस्ता प्रतियोगिताहरूले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै, भविष्यमा खेलकुदको विकासका लागि सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।