जनकपुर बोल्ट्सका ब्याट्सम्यान लाहिरु मिलान्था नेपाल प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। फाइनल खेलमा सुदुरपश्चिम रोयल्स् विरुद्ध ८७ रन बनाएसँगै उनी सर्वाीधक रन बनाउने खेलाडी बनेका हुन् । १० इनिङमा उनले २९३ रन बनाए। लाहिरु श्रीलंकन मुलका अमेरिकी खेलाडी हुन्।
एनपिएलमा सर्वाधिक चौका हान्ने खेलाडी पनि उनी नै बनेका छन्। उनले प्रतियोगितामा ३५ चौका प्रहार गरे।
एनपिएलको पहिलो उपाधि जितेको जनकपुरको हरेक खेलमा उनले महत्वपूर्ण योगदान दिएका थिए।
सर्वाधिक रन बनाउनेमा यसअघि चितवन राइनोजका रवि भोपाराको अग्र स्थानमा थिए । उनले ८ इनिङमा २८६ रन बनाएका थिए। तेस्रो स्थानमा रहेका रोहित पौडेलले ७ इनिङमा २७९ रन बनाएका छन्।