मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ ११ बुधबार ०९:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ ११ बुधबार ०९:२९:००

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी- १ मा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे- ८ का ३० वर्षीय प्रकाश राई र भोजपुर षडानन्द नगरपालिकाका २५ वर्षीय टोचोहाङ राई रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुने प्रकाश राई प्रहरी जवान रहेको खुलेको छ । उनी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रहेको प्रहरीले जानकारी दिएकाे छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को.१ख ७१८७ नम्बरकाे बसले विपरीत दिशाबाट आइरहेको प्रदेश–१–०२–०४० प ७१४९ नम्बरकाे मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।