१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १० मंगलबार
  • Monday, 30 June, 2025
२o७९ जेठ १० मंगलबार ११:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अबको पाँच वर्ष एक सेकेन्ड पनि खेर फाल्दिनँ : रेनु दाहाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १० मंगलबार ११:४२:oo

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहालले अबको पाँच वर्ष एक सेकेन्ड पनि खेर नफाल्ने प्रतिबद्धता जनाएकी छिन् । मंगलबार दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भइसकेपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले विगतका अधुरा काम पूरा गर्न जनताले अभिमतमार्फत आफूलाई जिम्मेवारी सुम्पिएकाले जनतालाई निराश नबनाउने गरी काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले विपक्षीको निशानालाई तोड्दै आममतदाताले गरेको विश्वासलाई भरोसायोग्य काम गरेर देखाउने बताइन् । उनले विगतका पाँच वर्षमा भरतपुरवासीका समस्या, आवश्यकता र जनभावना बुझेको र त्यो जनभावनाअनुसार काम गरेर भरतपुरलाई हेर्न लायक र गर्व गर्न लायक महानगरपालिका बनाउन कुनै कसुर बाँकी नराख्ने बताइन् ।