१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ९ सोमबार १७:१२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ९ सोमबार १७:१२:००

सेयर बजार मापक नेप्से परिसूचक १७ महिनायताकै न्यून बिन्दुमा झरेको छ। पछिल्लो समय निरन्तर रूपमा ओरालो लाग्दै आएको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन सोमबार उच्च अंकले गिरावट हुँदा १७ महिनायताकै न्यून बिन्दुमा झरेको हो।

सोमबार नेप्से परिसूचक ३४.२१ अंकले घटेर दुई हजार २००.८८ बिन्दुमा झरेको छ। यसअघि २०७७ पुस २३ गते नेप्से परिसूचक दुई हजार १९४.४८ बिन्दुमा कारोबार भएको थियो। सेन्सेटिभ इन्डेक्स ५.६९, फ्लोट इन्डेक्स २.४६ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०३ अंकले घटेको छ।

आज कारोबारमा आएका २२४ कम्पनीको ३९ लाख १७ हजार कित्ता सेयर एक अर्ब ३६ करोड ९५ लाख १३ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। नेप्से परिसूचक उच्च अंकले गिरावट आए पनि अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने बढेको हो।

आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ। वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी र जीवन बिमा उपसमूह २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार नेप्से परिसूचक गिरावट आए पनि २० कम्पनीको सेयर मूल्य बढेको छ। जसमध्ये गुराँस लघुवित्त वित्तीय संस्थाको सर्वाधिक ६.२० प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ५.२६ प्रतिशत बढेको छ। यता, मिथिला लघुवित्तको सेयरमूल्य भने ५.८९ प्रतिशत घटेको छ।