मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ९ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ९ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

देशभर ३३,८५८ जनप्रतिनिधि निर्वाचित (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ९ सोमबार १५:११:oo

निर्वाचन आयोगका अनुसार हालसम्म स्थानीय तह निर्वाचनबाट देशभर ३३ हजार आठ सय ५८ जनप्रतिनिधि निर्वाचित भएका छन्। हाल केही स्थानीय तहको मतगणना जारी छ भने अधिकांश स्थानीय तहको मतगणना सकिएको छ।

यसबाहेक मतदान स्थगित भएका स्थानीय तहको पनि नजिता आउन बाँकी नै छ। हालसम्मको निर्वाचन नतिजाअनुसार दुई सय ६० जना मेयरमा र चार सय ५४ जना अध्यक्षमा निर्वाचित भएका छन्। त्यति नै संख्यामा उपमेयर तथा उपाध्यक्ष निर्वाचित भएका छन् । आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ६ हजार पाँच सय १० वडाध्यक्ष निर्वाचित भइसकेका छन्।

वैशाख ३० गते देशभरका सात सय ५३ स्थानीय तहमा ३५ हजार दुई सय २१ जनप्रतिनिधिका लागि निर्वाचन भएको थियो। केही स्थानीय तहको नतिजा आउन अझै समय लाग्ने आयोगले जनाएको छ। तोकिएको समयमा निर्वाचन भएका अधिकांश स्थानीय तहले नयाँ नेतृत्व पाइसकेका छन्।