१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गौरीगन्जमा अध्यक्ष र उपाध्यक्ष दुवै महिला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४१:oo

झापाको गौरीगन्जमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसकी फूलवती राजवंशी विजयी भइन् भने उपाध्यक्षमा एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् । 

फूलवती ०७४ को स्थानीय तह निर्वाचनमा राप्रपाका बाबुराजा श्रेष्ठसँग पराजित भएकी थिइन् । यसपटक श्रेष्ठ तेस्रो स्थानमा पुगे । फूलवतीले ५ हजार ६८९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजयकुमार अग्रवालले ३ हजार ३३० मत पाए । 

उपाध्यक्ष एमालेकी पूजन न्यौपाने कुँवर विजयी भइन् । उनले ४ हजार ७५५ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मखना महतोले ३ हजार ७९५ मत पाए ।

ad
ad