१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ८ आइतबार
  • Saturday, 05 July, 2025
तस्बिर : सपथ ग्रहण गर्दै बनेपा नगरपालिकाका मेयर शान्ति रत्न शाक्य ।
२o७९ जेठ ८ आइतबार १४:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपमेयरसहित एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिद्वारा शपथ बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ८ आइतबार १४:o३:oo

काभ्रेको बनेपा नगरपालिकाका नवनिर्वाचित उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिले शपथग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको शपथ कार्यक्रम आज आइतबार राखिएको थियो।

मेयर शान्तिरत्न शाक्यले मुख्य निर्वाचन अधिकृतद्वारा शपथग्रहण लिएपछि मेयरद्वारा उपमेयरलगायत वडाध्यक्ष र वडासदस्यहरूलाई शपथग्रहण गराउने कार्यक्रम थियो। उक्त कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएका हुन्।

नगरमा नवनिर्वाचित जनप्रतिनिधिहरूको आधारमा एमाले पहिलो पार्टी भएको, तर कार्यक्रम तय गर्दा आफूहरूलाई बेवास्ता गरेकाले आफूहरू उपस्थित नभएको नवनिर्वाचित उपमेयर विमला सापकोटा दाहालले बताइन्। ‘भर्खर मात्र सम्पन्न भएको निर्वाचनबाट यस नगरमा एमाले पहिलो पार्टी हो। पहिलो पार्टी भएको नाताले हामीसँग छलफल र सल्लाह नै नगरी शपथग्रहण कार्यक्रम तय गरेको हुनाले हामी उक्त कार्यक्रममा उपस्थित नभएका हौँ,’ दाहालले भनिन्, ‘हामीलाई डोमिनेट गर्नुभयो।’

बनेपा नगरपालिकामा उपमेयर तथा १४ मध्ये सात वडाध्यक्ष र ३० वडासदस्य एमालेले जितेको छ। नगरमा मेयर, उपमेयरसहित ७२  जनप्रतिनिधिमा एमालेबाट ३८ जना निर्वाचित भएका छन्। मेयरसहित गठबन्धनबाट ३४ जनप्रतिनिधि निर्वाचित भएका छन्।

नवनिर्वाचित मेयर शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईद्वारा शपथग्रहण गरेका छन्। बनेपामा आयोजित कार्यक्रममा आफूले शपथ लिएपछि शाक्यले उपस्थित वडाध्यक्ष र वडासदस्यहरूलाई शपथग्रहण गराएका छन्।