Skip This
असारदेखि भैरहवा एयरपोर्टबाट कामदार वैदेशिक रोजगारीमा जान सक्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
मुना कुँवर नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

असारदेखि भैरहवा एयरपोर्टबाट कामदार वैदेशिक रोजगारीमा जान सक्ने

Read Time : > 1 मिनेट
मुना कुँवर, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:o५:oo

वैदेशिक रोजगारीमा जाने कामदारका लागि आवश्यक सबै प्रक्रिया रुपन्देहीमा नै उपलब्ध गराइने भएको छ । एक महिनाभित्र भिसा, मेडिकललगायतका सबै सेवाहरू रुपन्देहीमा उपलब्ध गराएर कामदारले वैदेशिक रोजगारीका लागि काठमाडाैँ धाउनुपर्ने बाध्यताको अन्त्य गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । असारदेखि कामदारले भैरहवा एयरपोर्टबाट सीधै वैदेशिक रोजगारीमा जान सक्नेछन् । उनका अनुसार मन्त्रालयले १ असारदेखि औपचारिक रूपमा नै यसको उद्घाटन गर्नेछ । 

अहिले वैदेशिक रोजगारीमा जाँदा कामदारले अपनाउनुपर्ने सबै प्रक्रिया काठमाडौंमा सीमित छ । म्यानपावर कार्यालयदेखि अन्तर्राष्ट्रिय विमानस्थलका सेवाहरू काठमाडौंमा नै केन्द्रित हुँदा कामदारले अन्तर्वाता दिनेदेखि गन्तव्य मुलुकसम्म पुग्न काठमाडौंमा नै धाउनुपर्ने बाध्यता छ । तर, गत सातादेखि भैरहवास्थित गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि बिदामा नेपालमा आएका कामदार पुनः सोही श्रममा फर्कनका लागि भने काठमाडाैँमा धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । तर, भिसा र मेडिकल परीक्षणको सेवा काठमाडौंमा नै सीमित हुँदा पहिलोपटक विदेश जाने कामदार भने काठमाडौंमा नै धाउनुपर्ने बाध्यता यथावत् छ । 

वैदेशिक रोजगारीमा जाने कामदारले यथास्थानमा नै बसेर अनलाइनमार्फत कुनै पनि समयमा श्रम स्वीकृति लिन सक्नेछन् । वैदेशिक रोजगार कार्यालय ताहाचलले प्रदान गर्ने सबै खालको श्रम स्वीकृतिको सेवा अनलाइनमार्फत नै लिन सकिने व्यवस्था गरिसकेको छ । अब नेपालको कुनै पनि कुनामा बसेर अनलाइनमार्फत श्रम स्वीकृति लिन सकिने श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले बताए । बिदामा नेपालमा आएका कामदारलाई पुनः श्रम स्वीकृति लिनका लागि काठमाडाैँ आउनुनपर्ने उनले स्पष्ट पारे । पुनः श्रम स्वीकृति पनि अनलाइनमार्फत नै लिन सकिने हुँदा कामदारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फेरि गन्तव्य मुलुकमा फर्कन सक्ने उनले बताए । 

कार्यालयले गत २ माघ ०७८ देखि पुनः श्रम स्वीकृति, ०७९ वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत लिन सकिने व्यवस्था गरेको हो । ६ जेठदेखि नयाँ श्रम स्वीकृति पनि अनलाइनमार्फत नै लिन सकिने व्यवस्था गरेको हो ।  

रोजगारीमा जाँदा कामदारले अभिमुखीकरण तालिम पनि लिनुपर्नेछ । मन्त्रालयका अनुसार तालिम दिने संस्था भैरहवामा समेत उपलब्ध भएकाले तालिमका लागि मात्रै काठमाडाैँ पुग्नुनपर्ने बताएको छ ।

भिसा र मेडिकल काठमाडाैँमै 
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गन्तव्य मुलुकमा जान चाहने नेपाली कामदारले भिसा र मेडिकल परीक्षणका लागि काठमाडौं नै आउनुपर्ने बाध्यता रहेको वैदेशिक  रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले बताए । उनका अनुसार हालसम्म म्यानपावर कम्पनीले शाखा विस्तार गरेका छैनन् र मेडिकल परीक्षण पनि काठमाडौंमा केन्द्रित छ । त्यसैले पहिलोपटक वैदेशिक रोजगारीमा जाने कामदार काठमाडाैँमा पुग्नुपर्ने भएको हो । तर, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले केही दिनमा नै शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको समेत बताए । 

ad
ad