१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ८ आइतबार ०९:०४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तिम खेलमा नेपाल विजयी : युगान्डालाई ३–२ को शृंखला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ८ आइतबार ०९:०४:००

युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न टी २० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा नेपाल ३३ रनले विजयी भएको छ । नेपाल भ्रमणमा आएको युगान्डाले यसअघि नै सुरुवाती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृंखला सुरक्षित गरिसकेको छ । 

घरेलु मैदान भएको शृंखलामा ३–० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३–२ को सम्मानजनक नतिजा निकाल्यो । शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २३ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा एक सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

युगान्डाका लागि रीता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा साकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्, नेपालका लागि सीता राना मगर र इन्दु बर्माले दुई–दुई तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले एक–एक विकेट लिए । यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाएकी थिइन् ।

यस्तै, सीताले १७, इन्दुले आठ तथा कविता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् । युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले एक–एक विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन–आउटमा गुमाएको थियो ।