१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ५ बिहीबार १७:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनले एमालेविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको योगेश भट्टराईको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार १७:१७:oo

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सत्तागठबन्धनले एमालेविरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका भट्टराईले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको उनले बताए। उम्मेदवार छनाेटमा कमजोरी भएकाले पार्टी पराजित भएको भन्दै उनले कतिपय ठाउँहरूमा विरोधीहरूलाई जिताउनसमेत साँठगाँठ भएको बताए।

‘यसपटकको निर्वाचन हेर्दाखेरी मूलतः नेकपा एमालेको विरुद्धमा जुन गठबन्धन बनाइयो, राज्यसत्तालाई जसरी एमालेका विरुद्ध दुरुपयोग गरियो, पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरूलाई प्रयोग गरियो। यो परिस्थितिमा नेकपा एमालेले जुन परिणाम ल्याएको छ, यो कुनै निराशाजनक परिणाम होइन,’ उनले भने।