१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ३ बिहीबार o७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बेदकोट नगरपालिकामा  एमालेको किल्ला भत्काउँदै कांग्रेसका बोहरा निर्वाचित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:२४:oo

कञ्चनपुरको बेदकोट नगरपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ। एमाले किल्ला भत्काउँदै कांग्रेसका उम्मेदवारद्वय भोजराज बोहरा र तुलसी जोशी निर्वाचित भएका हुन् । कांग्रेसबाट प्रमुखका उम्मेदवार भोजराज आफ्ना निकटतम् प्रतिद्वन्दी एमालेकी सुशीला सिंहलाई दोब्बर मतले पराजित गर्दै मेयरका निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाणअनुसार कांग्रेसका  भोजराज बोहराले तीन हजार तीन सय ३८ मतको अन्तरले एमालेकी सुशीला सिंहलाई हराउँदै नगर प्रमुखमा निर्वाचित भएका छन् । बोहराले आठ हजार ७८ र सिंहले चार हजार सात सय ४० मत ल्याएकी थिइन् । यस्तै, नेकपा एकीकृत समाजवादीका रामचन्द्र रेग्मीले तीन हजार आठ सय ९६मत ल्याएका थिए ।

उपप्रमुखमा पनि कांग्रेसकै नेतृ तुलसी जोशी निर्वाचित भएकी छिन् । जोशीले एमालेकी पार्वती जोशीलाई एक हजार पाँच सय २७ मतको अन्तरले हराउँदै उपप्रमुखमा निर्वाचित भइन् । तुलसीले सात हजार दुई सय चार  र पार्वतीले पाँच  हजार सात सय २७ मत ल्याएकी थिइन् । यस्तै, माओवादी केन्द्रकी हीरा जैसीले तीन हजार ६ सय ५२मत ल्याएकी छिन् ।

यसअघि ०७४ मा एमालेका उम्मेदवारसँग अहिले निर्वाचित कांग्रेसका बोहरा पराजित भएका थिए । अघिल्लो निर्वाचनमा एमालेले बेदकोटमा प्रमुख, उपप्रमुखसहित आठ वडा जितेको थियो । एमाले फुटेको ठूलो असर बेदकोटमा देखियो । बेदकोट नगरमा एक समाजवादी, दुई–दुई माओवादी, एमाले र पाँच वडा कांग्रेसले जितेको छ 

ad
ad