१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ५ बिहीबार
  • Friday, 05 July, 2024
टेकराज थामी काठमाडाैं
२o७९ जेठ ५ बिहीबार o६:o६:oo
Read Time : > 3 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

४९ पालिका जहाँ भयो सयभन्दा कम मतको हारजित

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o७९ जेठ ५ बिहीबार o६:o६:oo

पेचिलो प्रतिस्पर्धाबीच कांग्रेस २४, एमाले १५, माओवादी ६ तथा एकीकृत समाजवादी, जसपा र लोसपा एक–एक पालिकामा थोरै मतले पराजित

स्थानीय तह निर्वाचनको पाँचौँ दिन बुधबार साँझसम्म अन्तिम मतपरिणाम आएकामध्ये ४९ पालिका प्रमुखमा पेचिलो हारजित भएको छ । यी तहमा सयभन्दा कम मतान्तरले नेतृत्व चयन भएको छ । केही तहमा त २, १०, १४, १६ मतले मात्रै पनि पालिका प्रमुख निर्वाचित भएका छन् । 

४९ मध्ये सबैभन्दा धेरै अर्थात् २४ तहमा कांग्रेस सयभन्दा कम मतान्तरले हारेको छ । उसले २० तहमा सयभन्दा कम अन्तरले जितेको छ । उसले जितेका १७ मध्ये ११ तहमा एमालेलाई हराएको हो । बाँकी ६ तहमध्ये चारमा माओवादी केन्द्र तथा दुईमा लोसपा र स्वतन्त्रलाई पराजित गरेको छ । 

त्यस्तै, एमाले १५ तहमा सयभन्दा कम भोटले पराजित भएको छ भने २२ तहमा सोही अन्तरले विजेता बनेको छ । एमालेले जितेका २२ मध्ये १८ तहमा कांग्रेसलाई हराएको हो । दुई तहमा माओवादी तथा एक–एक तहमा जसपा र एकीकृत समाजवादीलाई पराजित गरेको छ ।

माओवादी भने सयभन्दा कम भोटले ६ तहमा पराजित हुँदा सात तहमा विजेता भएको छ । उसले जितेका सातमध्ये चारमा एमाले र तीन तहमा कांग्रेसलाई हराएको हो ।

जसपा, लोसपा, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक तह सयभन्दा कम भोटको अन्तरमा गुमाएका छन् । जसपा र एकीकृत समाजवादीले भने यही भोट अन्तरमा एक–एक तह जितेका पनि छन् । जसपा र एकीकृत समाजवादीले ती एक–एक तहमा कांग्रेसलाई पराजित गरेका हुन् । 

सयभन्दा कम मतान्तरमा हारजित भएका उदाहरण दुई मतको फरकदेखि सुरु भएको छ । मुस्ताङको घपरजोङ गाउँपालिकामा कांग्रेसका मोहनसिंह लालचनले एमालेका सञ्जयकुमार थकालीलाई दुई मतले मात्रै पराजित गरेका हुन् । दुई हजार ८४ मतदाता रहेको गाउँपालिकामा लालचनले सात सय ६० मत ल्याउँदा थकालीले सात सय ५८ भोट ल्याएका हुन् । 

२० भन्दा कम मतान्तरमा हारजित हुने तह घपरजोङसहित पाँच वटा छन् । गुल्मीको मदाने गाउँपालिकामा कांग्रेसका महेन्द्र कुँवरले १० मतको अन्तरमा एमालेका प्रेमबहादुर केसीलाई हराए । १६ हजार तीन सय ८२ मतदाता रहेको उक्त गाउँपालिकामा कुँवरले चार हजार सात सय सात मत पाउँदा प्रतिद्वन्द्वी केसीले चार हजार ६ सय ९७ मत ल्याएका हुन् । 

धनकुटाको धनकुटा नगरपालिकामा भने एमालेका चिन्तन तामाङले १४ मतले कांग्रेसका दिनेश राईलाई हराएका छन् । २२ हजार नौ सय ७१ मतदाता रहेको नगरपालिकामा तामाङले सात हजार ६ सय ६६ मत ल्याउँदा प्रतिद्वन्द्वी राईले सात हजार ६ सय ५२ मत मात्रै ल्याएका हुन् । 

दैलेखको भैरवी गाउँपालिकामा कांग्रेस र एमाले उम्मेदवारीबीच १६ मतान्तरले मात्रै हारजित भएको छ । कांग्रेसकी रिता शाहीले एमालेका सर्वराज महतरालाई पराजित गरेकी हुन् । १२ हजार नौ सय ३१ मतदाता रहेको गाउँपालिकामा शाहीले तीन हजार नौ सय ७६ र प्रतिद्वन्द्वी महतराले तीन हजार नौ सय ६० मत ल्याएका हुन् । 

पर्साको धोबिनी गाउँपालिकामा कांग्रेस उम्मेदवार जसपाका उम्मेदवारसँग २० मतको अन्तरमा पराजित भए । जसपाका मदन चौहानले तीन हजार १९ मत ल्याएर पालिका अध्यक्ष जितेका हुन् । उनका प्रतिद्वन्द्वी वशिष्ठ कुर्मीको तीन हजार ७१ मत आएको छ । 

२० भन्दामाथि ५० भन्दा कम मतान्तरमा हारजित हुने १९ तह छन् । अछामको अछामको तुर्माखाँद गाउँपालिकामा एमालेका उम्मेदवार डम्बर बिसीले तीन हजार पाँच सय २३ मत ल्याएर कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढालाई हराए । बुढाले तीन हजार चार सय ९३ मत ल्याएका थिए । दुई उम्मेदवारको मतान्तर ३० मात्रै हो । गाउँपालिकामा १५ हजार पाँच सय ११ मतदाता छन् ।

डोल्पाको जगदुल्ला गाउँपालिकामा भने माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच मात्रै २४ मतले हारजित भएको छ । एक हजार ६ सय ९६ मत रहेको तहमा माओवादीका उम्मेदवार नारासिंह रोकायले सात सय ७० र उनका प्रतिद्वन्द्वी हेम महतराले सात सय ४६ मत ल्याएका हुन् ।

त्यस्तै, बैतडीको सुर्नया गाउँपालिकामा पनि एमाले उम्मेदवार अम्मर कुँवरले २६ मतको मात्रै अन्तरमा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई हराएका छन् । कुँवरले दुई हजार तीन सय ५० र विष्टले दुई हजार तीन सय २४ मत ल्याएका हुन् । 

सिराहाको सखुवा नन्नकारकट्टी गाउँपालिकामा पनि २६ मतको मात्रै अन्तरमा हारजित भएको छ । एकीकृत समाजवादी पार्टीका उम्मेदवार केदारनाथ यादवले तीन हजार चार सय सात मत ल्याएर कांग्रेसका उम्मेदवार शत्रुधन साहलाई २६ मतको अन्तरले हराएका हुन् । साहले तीन हजार तीन सय ८१ मत ल्याएका छन् ।

कुन दलले कहाँ गुमाए थोरै मतान्तरमा पालिका प्रमुख ?

मुस्ताङमा एमालेका थकाली दुई मतले पराजित

मुस्ताङको घपरजोङ गापामा दुई मतको मात्रै अन्तरमा हारजित भएको छ । कांग्रेसका मोहनसिंह लालचनले एमालेका सञ्जयकुमार थकालीलाई दुई मतले पराजित गरेका हुन् ।

दुई हजार ८४ मतदाता रहेकोमा लालचनले ७६० मत ल्याउँदा थकालीले ७५८ भोट ल्याएका हुन् । 

एमालेसँग कांग्रेस १८ तहमा पराजित, ११ मा विजयी
२४ तहमा कांग्रेस सयभन्दा कम मतान्तरले हारेको छ । उसले १७ तहमा सयभन्दा कम अन्तरले जितेको छ । उसले जितेका १७ मध्ये ११ तहमा एमालेलाई हराएको हो । बाँकी ६ तहमध्ये चार माओवादी केन्द्र तथा दुईमा लोसपा र स्वतन्त्रलाई पराजित गरेको छ । त्यस्तै, एमालेले २२ तहमा सयभन्दा कम मतान्तरले जितेको छ । यीमध्ये १८ तहमा कांग्रेसलाई हराएको छ । दुई तहमा माओवादी तथा एक–एक तहमा जसपा र एकीकृत समाजवादीलाई पराजित गरेको छ ।

माओवादी सात तहमा थोरै मतले जित्यो, ६ तहमा हार्‍यो
माओवादीले सयभन्दा कम मतान्तरले सात तहमा जित निकालेको छ । चारमा एमाले र तीन तहमा कांग्रेसलाई हराएको हो । त्यस्तै, ६ ठाउँमा थोरै मतले पराजित भएको छ । जसमा कांग्रेससँग चार र एमालेसँग दुई तहमा पराजित भएको छ । 

चार तहमा २० भन्दा कम मतान्तरमा हारजित
दुई मतको अन्तर भएको मुस्ताङको घपरजोङबाहेक चार तहमा २० भन्दा कम मतले हारजित भएको छ । गुल्मीको मदाने गाउँपालिकामा कांग्रेस उम्मेदवारले एमाले प्रतिद्वन्द्वीलाई १० मतान्तरमा हराएका छन् । धनकुटाको धनकुटा नगरपालिकामा भने एमालेका चिन्तन तामाङले कांग्रेसका दिनेश राईलाई १४ मतले पराजित गरेका छन् । दैलेखको भैरवी गाउँपालिकामा पनि कांग्रेसकी रिताकुमारी शाहीले एमालेका सर्वराज महतरालाई १६ मतले मात्रै जितेकी छिन् । त्यस्तै, पर्साको धोबिनी गाउँपालिकामा २० भोटको अन्तरमा हारजित भएको छ । जसपाका मदन चौहानले कांग्रेसका वशिष्टनारायण कुर्मीलाई हराएका हुन् ।


 

ad
ad
ad
ad