१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ४ बुधबार ०६:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा कार दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०६:३९:००

मदन भण्डारी राजमागअन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका– ६ मा रहेको बैजनाथ खोला पुल खण्डमा कार दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार गएराति भएको कार दुर्घटनामा विराटनगर महानगरपालिका– ५ चादनीचोक बस्ने  ३४ वर्षीय डेबिट भनिने देवेन्द्र चापागाईंको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ ।

आचार्यले घाइते हुने सबै विराटनगर महानगरपालिका– ५ का ३१ वर्षीय विशाल राय, २३ वर्षीय सुजन खतिवडा, वर्ष २७ का सागर घिमिरे, ३५ का सुरज पौडेल रहेको जानकारी दिए । उनले घाइते सबैलाई उपचारका लागि विराटनगर पठाइएको पनि बताएका छन् । मदन भण्डारी राजमार्ग हुँदै विराटनगर जानेक्रममा बा. ०२५ च ७८१९ नम्वरको कार अनियन्त्रित भई सडकबाट १०–१५ मिटर तल खसी दुर्घटनामा परेको थियो ।