रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार लवश्री न्यौपानेले ६ हजार ६ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनले ५ हजार ९ सय ८६ मत प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसकी बालाकुमारी कार्कीले ६ हजार ६ सय ४० मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सीता केसीले ५ हजार ३ सय ४७ मत प्राप्त गरेकी छिन् ।
नौवटा वडा रहेको रामेछाप नगरपालिकामा ७ वटा वडामा वडाध्यक्ष कांग्रेसले जितेको छ । माओवादी केन्द्रले २ वटा वडा जितेको छ ।