१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Saturday, 28 September, 2024
२o७९ जेठ ३ मंगलबार १५:२३:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १५:२३:oo

खोटेहाङ गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। सत्तागठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार माओवादी केन्द्रका उदिमबहादुर राई ‘मुक्ति’ प्रमुख र कांग्रेसका रूपेश राई उपप्रमुखमा विजयी भएका हुन्। 

मुक्तिले तीन हजार सात सय २८ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेकी कविता राईले तीन हजार ६ सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृत गेहेन्द्रराज रेग्मीले जानकारी दिए। प्रमुखमा पराजित कविता यसअघिको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन्। 

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको खोटेहाङ गाउँपालिकाको उपप्रमुखमा विजयी कांग्रेसका रुपेशले तीन हजार सात सय ३७ मत र उनका निकटतम् प्रतिस्पर्धी एमालेका राजन बञ्जाराले तीन हजार तीन सय १० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

एमालेका पोलिटब्युरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईको गृह पालिका खोटेहाङमा दुई वडाबाहेक अन्य सबैमा सत्तागठबन्धनमा आबद्ध राजनीतिक दलका उम्मेदवार विजयी भएका छन्। वडा नं. १ लिकुवापोखरीमा माओवादी केन्द्रका धनबहादुर महाराजी, वडा नं. २ वाप्लुखामा माओवादी केन्द्रकै पारस राई, वडा नं. ३ सावाकटहरेमा कांग्रेसका जेफर राई, वडा नं. ४ बडकादियालेमा एमालेका तिलक बस्नेत, वडा नं. ५ चिप्रिङमा माओवादी केन्द्रका किरण राई, वा नं. ६ इन्द्रेणीपोखरीमा माओवादी केन्द्रका वसन्त राई, वडा नं. ७ खोटाङबजारमा एमालेका शिवप्रसाद फुँयाल, वडा नं. ८ सिम्पानीमा स्वतन्त्रबाट चन्द्रबहादुर थापा र वडा नं. ९ लिच्कीराम्चेमा माओवादी केन्द्रका इन्द्रबहादुर राई वडाध्यक्षमा विजयी भएका छन्। 

१० स्थानीय तह रहेको जिल्लामा एमाले र माओवादी दुई–दुई तथा कांग्रेस चार पालिकामा विजयी भएको छ। मतगणना भइरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन तथा हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको अग्रता छ।