१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका ताप्लेजुङ
२o७९ जेठ २ सोमबार १७:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

ताप्लेजुङको मौवाखोलामा माओवादी विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १७:५१:oo

नेकपा एमालेका नेता तथा पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराइको गृहगाउँपालिका मैवाखोलामा नेकपा माओवादी केन्द्रले जित हासिल गरेको छ। नेपालमा प्रजातन्त्र स्थापना भएपछि सो गाउँपालिकाका तत्कालीन फाकुम्बा गाउँ विकास समिति, साँघु गाउँ विकास समिति र मदन भण्डारीको जन्मथलोसमेत रहेको ढुंगेसाँघु गाउँ विकास समितिमा ३० वर्षसम्म एमालेको जित हुँदै आएको थियो। 

मैवाखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा माआवादीका विजयप्रकाश बनेम (लिम्बू) विजयी बनेका छन्। बनेमले ५२७ मत बढी ल्यएर विजय हासिल गरेका हुन्। उनले जम्मा २४५७ मत ल्याई विजय हासिल गरे। उनका प्रत्यासी नेकपा एमालेका राजन थत्लुङले १९३० मत प्राप्त गरे। 

त्यस्तै गठबन्धनकै नेपाली कांग्रेसकी कमलकुमारी बनेमले ४२० मत बढी ल्याएर विजय हासिल गरेकी छिन्। उनले २३९५ मत प्राप्त गरेकी छिन् भने प्रत्यासी कैशिला थत्लुङले १९७५ मत प्राप्त गरिन्। 

 
 

ad
ad
ad
ad