मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Thursday, 19 December, 2024
नवदीप अजनवी नुवाकोट
२o७९ जेठ २ सोमबार १२:४o:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

नुवाकोटमा ४२ वटा वडाको परिणाम आयो, अग्रस्थानमा कांग्रेस 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १२:४o:oo

स्थानीय तह निर्वाचन नुवाकोटका ४२ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । ८८ वटा रहेको नुवाकोटमा अहिलेसम्म वडाध्यक्ष जितेको आधारमा नेपाली कांग्रेस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेकपा एमाले तेस्रो भएको छ । मतगणना सकिएको वडाहरूमा नेपाली कांग्रेसले १९ वटा, नेकपा माओवादीले १२ वटा, नेकपा एमालेले  १० वटा र एउटा वडाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

नेपाली कांग्रेसबाट म्यागङ – १ मा जिमाबहादुर तामाङ, म्यागङ – ३ मा हरिबहादुर तामाङ, म्यागङ  ५ मा जितबहादुर तामाङ, पञ्चकन्या– १ मा महानन्द ढकाल, पञ्चकन्या –२ मा रामशरण श्रेष्ठ, किस्पाङ – १ मा पशुपती घले, किस्पाङ – ४ मा विनोद तामाङ, तारकेश्वर – ५ मा अशोक तामाङ, तारकेश्वर–३ मा सूर्यमान श्रेष्ठ, तादी– १ मा नकुरदोङ तामाङ, लिखु – १ मा नरहरि पाण्डे, लिखु– ३ मा सीताराम पुलामी मगर, लिखु – ५ मा विश्व खतिवडा, सूर्यगढी –२ मा दीपक अधिकारी, ककनी–२ मा तिलक लामा, दुप्चेश्वर–३ मा धु्रवकर केसी, बेलकोटगढी नपा–२ मा रामचन्द्र तिमिल्सिना, बेलकोटगढी नपा–१३ मा नवराज पाण्डे,  शिवपुरी – ४ मा चन्द्र गुरुङ विजयी भएका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट तादी गाउँपालिका– २ मा बच्चुराम तामाङ, शिवपुरी गाउँपालिका–१ मा सुकुराम तामाङ, सूर्यगढी गाउँपालिका– १ मा राजकुमार तामाङ रञ्जित, तादी गाउँपालिका– ४ मा अश्विनकुमार पाण्डे, शिवपुरी गाउँपालिका – २ मा कुमार तामाङ, किस्पाङ गाउँपालिका वडा नम्बर २ मा बद्री देवकोटा, शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा नाति तामाङ, दुप्चेश्वर गाउँपालिका– १ मा सीताराम तामाङ, दुप्चेश्वर २ मा वीरबल तामाङ , दुप्चेश्वर गाउँपालिका – ४ मा ज्ञानबहादुर तामाङ, ककनी गाउँपालिका–१ मा पदमबहादुर बलामी, ककनी गाउँपालिका वडा नम्बर ३ मा घननाथ बजगाईं विजयी भएका छन् ।

नेकपा एमालेबाट तारकेश्वर गाउँपालिका–६ मा नारायणप्रसाद रिमाल, म्यागङ गाउँपालिका–२ मा सन्तबिर तामाङ, वेलकोटगढी नगरपालिका– १ मा सन्तबहादुर तामाङ, लिखु गाउँपालिका– २ मा प्रेमबहादुर थापा मगर, विदुर नगरपालिका–१ मा लेलिन रञ्जित, तारकेश्वर गाउँपालिका –४ मा हरिबहादुर पौडेल, वडा नम्बर २ मा शिव पनेरू, विदुर नगरपालिका वडा नम्बर २ मा दीपक कायस्थ, तादी गाउँपालिका ५ मा सरोज भण्डारी, सूर्यगढी गाउँपालिका वडा नम्बर ३ मा पिंगलबहादुर थापा मगर विजयी भएका छन् ।

त्यस्तै, एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । म्यागङ गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार कमलबहादुर तामाङ विजयी भएका छन् । उनी नेपाली कांग्रेसको उम्मेदवारको बागी भएर स्ततन्त्र उम्मेदवार बनेका थिए ।  जिल्लामा सबै स्थानीय तहहरूमा मतगणना भइरहेको छ । विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाबाहेकका अन्य १० स्थानीय तहहरूमा भोलिसम्ममा अन्तिम परिणाम आइसक्ने निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएको छ ।