मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Wednesday, 18 December, 2024
२o७९ जेठ २ सोमबार १o:५७:oo
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काभ्रेमा तीन भाग्यमानी वडाध्यक्ष - जो एक मतले विजयी भए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १o:५७:oo

गत बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ । त्यसै क्रममा तीन स्थानीय तहको तीन वडामा एक/एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । अचम्म त के छ भने तीन वटै वडाध्यक्ष तीनै स्थानीय तहको वडा नम्बर १/१ का हुन् र फरक फरक तीनै पार्टी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का उम्मेदवार हुन् ।

तेमाल गाउँपालिका वडा नम्बर१ मा नेकपा (एमाले) का उम्मेदवार इन्द्र अधिकारी एक मतान्तरले विजयी भएका छन् । अधिकारीले ५ सय ३१ मत प्राप्त गरी विजयी  भएका छन् भने उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङले ५ सय ३० मत प्राप्त गरी पराजित भएका छन् । उक्त वडामा दुई पटक मत गणना भएको थियो । पहिलो पटक मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार कालदास तामाङ २ मतान्तरले विजयी भएका थिए । तीन वटा मतपत्र लुकाएको भन्दै एमालेले विवाद गरी पुनः मत गणणा गर्नु पर्ने माग राखेका थिए । पुनः मत गगना गर्दा एक मतले एमाले उम्मेदवार अधिकारी विजयी भएका हुन् ।

खानीखोला गाउँपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सन्तमान थिङ एक मतान्तरले विजयी भएका छन् । थिङले ५ सय ४८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी नेकपा (एमाले)का उम्मेदवार आसा राम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भएका छन् ।

त्यसरी नै चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सुशिल लामा पनि एक मतान्तरले विजयी भएका छन् । लामाले ४ सय २ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्यासी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजु आले ४ सय १ मत प्राप्त गरी पराजित भएका छन् ।