१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २ सोमबार
  • Monday, 01 July, 2024
सोनी राई सोलुखुम्बु
२o७९ जेठ २ सोमबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

सोलुखुम्बुको महाकुलुङमा अध्यक्ष र उपाध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी 

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ जेठ २ सोमबार १o:३५:oo

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी बनेका छन् । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर कुलुङ दुई हजार एक सय मत र उपाध्यक्षमा पनि कांग्रेसकै विपना कुलुङ एक हजार नौ सय २९ मतसहित विजयी भएको निर्वाचन अधिकृत टेकनाथ अधिकारीले बताए ।

उनका अनुसार सूर्यका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किराँतीले एक हजार ६ सय २६ मत प्राप्त गरेका छन् भने माओवादीकी उपाध्यक्ष छविमाया कुलुङले एक हजार चार सय ८३ प्राप्त गरेकी छिन् ।

यस्तै, नेकपा एमालेका भक्त कुलुङले अध्यक्षमा एक हजार चार सय ५२ र उपाध्यक्षमा शुभधनी कुलुङले एक हजार सात सय ३३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
 

ad
ad
ad
ad