१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Saturday, 28 September, 2024
२o७९ बैशाख ३१ शनिबार १९:३७:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

काभ्रेमा कांग्रेस र माओवादी केन्द्र २–२ वडामा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १९:३७:oo

काभ्रेमा ४ वटा वडाको  अन्तिम परिणाम आएको छ । जसमध्ये कांग्रेस र माओवादी केन्द्र २–२ वडामा विजयी भएका छन् । 

निर्वाचन अधिकृतका अनुसार धुलिखेल नगरपालिका–१ र बेथानचोक गाउँपालिका–१ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । 

धुलिखेल–१ मा कांग्रेसका सन्तबहादुर लामा र बेथानचोक–१ मा कांग्रेसका उममेदवार मधुसुदन तिमल्सिना विजयी भएका छन् । धुलिखेल–१ मा लामाले ५ सय ७३ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी एमालेका बाबु तामाङले ४ सय ६७ मत ल्याएका छन् । 

बेथानचोक–१ का तिमल्सिनाले ५ सय ७ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी एमालेका डण्डप्रसाद दाहालले ४ सय ९८ मत प्राप्त गरेका छन् । 

यस्तै, महाभारत गाउँपालिका वडा–१ र भुम्लु गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । महाभारत–१ मा माओवादी केन्द्रका कान्छामान जिम्बा र भुम्लु गाउँपालिका–१ मा माओवादी केन्द्रकै लेखबहादुर श्रेष्ठ निर्वाचित भएका हुन् । 

महाभारत–१ मा जिम्बाले ७ सय २० प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका ताराबहादुर रानामगरले ३ सय २१ र एमालेका सुविदार श्रेष्ठले २२ मत प्राप्त गरेका छन् । 
भुम्लु–१ मा लेखबहादुरले ९ सय ९४ प्राप्त गरी विजयी हुँदा एमालेका छत्रबहादुर श्रेष्ठले ५ सय ४४ मत  प्राप्त गरेका छन् ।