१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ बैशाख ३१ शनिबार १८:३२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

टीकापुर नगरपालिकामा रेशम चौधरीको पार्टीले मतान्तर बढायो

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार १८:३२:००

कैलालीको टीकापुर नगरपालिकाको मेयर र उपमेयरमा नागरिक उन्मुक्ति पार्टीले मतान्तर बढाउँदै लगेको छ । एक हजार ६ सय मतगणना हुँदा नागरिक उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार रामलाल डगौरा थारूले ५८८ र उपमेयरका उम्मेदवार उल्कादेवी विश्वकर्माले ५०१ मत प्राप्त गरेका छन् ।

मेयरमा एमालेका श्याम खत्रीले २६७ र गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नवराज रावलले २१९ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी उपमा केसीले १९० र गठबन्धनबाट माओवादीका खडक शाहले २१३ मत ल्याएका छन् ।

वडा नम्बर ५ को मतगणना भइरहँदा नागरिक उन्मुक्ति पार्टीका वडाध्यक्ष र सबै सदस्य पदमा अग्रता लिइरहेका छन् । टीकापुर घटनाको मुद्दामा आजीवन कैद सजाय भोगिरहेका निलम्बित सांसद रेशम चौधरीले आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । चौधरी निर्वाचित भएको कैलाली क्षेत्र नम्बर १ मा उक्त पार्टीको बलियो प्रभाव देखिएको छ ।