१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टीकापुरमा विपत् जोखिम न्यूनीकरण गर्न  बाढी जोखिम वैज्ञानिक नक्सा अनावरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:१९:oo

कैलालीको टीकापुर नगरपालिकाले बाढीको जोखिमबारे स्थानीयलाई सूचित गराउन विज्ञान र कलाको प्रयोग गरेको छ।

युथ इनोभेसन ल्याबसँगको सहकार्यमा नगरपालिकाले बाढीको जोखिमबारे सचेतना बढाउन आफ्नो कार्यालयमा वैज्ञानिक बाढी जोखिम भित्तेचित्र बनाएको छ।

कर्णाली र मनोहरा खोलाको बीचमा रहेको यो नगरपालिका हरेक वर्षायाममा बाढीको जोखिममा रहन्छ। बाढीकै कारण यहाँ जनधनको क्षति हुँदै आएको छ। स्थानीय जनता वेलैमा बाढीकाे जोखिमबारे सूचित हुन नपाएकाले बढी क्षति हुने गरेको छ।

युथ इनोभेसन ल्याबले राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको सहकार्यमा वैज्ञानिक बाढीको जोखिम नक्सालाई भित्तेचित्रमा परिणत गरी बनाउँदै आइरहेको छ।

यसअघि १० मे २०२३ मा युथ इनोभेसन ल्याबले बर्दियाको राजापुरका स्थानीयलाई बाढीको जोखिमबारे सचेत गराउन पहिलोपटक भित्तेचित्र प्रदर्शन गरेको थियो। जसले गर्दा यो संस्था ग्लोबल रेजिलिएनस पार्टनरसिपबाट ‘नलेज इन्टु युज ग्लोबल अवार्ड्स–२०२३’ बाट पुरस्कृतसमेत भएको थियो। यो परियोजनाको सफल प्रयासलाई हालै कोप– २८ मा पनि समावेश गरिएको थियो।

टीकापुर नगरपालिकाको बाढी जोखिम वैज्ञानिक नक्साले स्थानीय बासिन्दालाई बाढीबारे सरल तरिकाले जानकारी दिने र थप सतर्कता अपनाउन अभिप्रेरित गर्ने  विश्वास व्यक्त गरेको छ। भित्तेचित्रमा समावेश गरिएको नक्सामा बाढी गएको समयमा पानी कति माथिसम्म पुग्छ भन्ने देखाइएको छ। यसले  सरकारलाई बाढीसम्बन्धी सूचना राख्न र नयाँ योजना बनाउन सहयोग पुर्‍याउनेछ। 

यस भित्तेचित्र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सञ्चालन गरेको विपत् पोर्टलमा रहेको विजरिस्क मोड्युलबाट समावेश गरिएको छ।
त्यसैगरी, भित्तेचित्रमा क्युआर कोड पनि राखिएको छ। यसले गर्दा उक्त कोड स्क्यान गर्ने जोकोहीले विपतबारे थप सूचना पाउन टीकापुर नगरपालिकाको विपत् पोर्टलमा पहुँच पाउन सक्नेछन्।

कला र विज्ञानको संयोजनले स्थानीयलाई विपतबारे भरपर्दो सूचना दिन सकिने र यो दिगो रूपमा प्रभावकारी हुने विश्वास लिएको युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले बताए।

ad
ad