बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ । मेयरमा माओवादीका राजन पौडेल १०६८ मतसहित पहिलो, लोकतान्त्रिक समाजवादी पार्टीका संजयकुमार साह ७८६ मतसहित दोस्रो स्थानमा छन् ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार सरस्वतीदेवी चौधरी ५७३ मतसहित तेस्रो स्थानमा छन् । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी मेघा शाहीले ११२५, लोसपाकी विपी मोक्तानले ५८९ र एमालेका भोलाप्रसाद अधिकारीले ५८३ मत प्राप्त गरेका छन् ।