मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Tuesday, 17 December, 2024
सोनी राई सोलुखुम्बु
२o७९ बैशाख ३१ शनिबार ११:११:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सोलुखुम्बुको महाकुलुङमा कांग्रेसको अग्रता कायमै

Read Time : < 1 मिनेट
सोनी राई, सोलुखुम्बु
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार ११:११:oo

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । ९२१ मतगणना हुँदा कांग्रेसको उम्मेदवार अघि देखिएका छन् । कांग्रेसका उम्मेदवार सूर्यबहादुर कुलुङले तीन सय ९० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार सागर किराँतीले तीन सय ६५ मत ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार भक्त कुलुङको पक्षमा १२६ मत प्राप्त भएको छ । उपाध्यक्षमा कांग्रेसकी विपना कुलुङले ३१०, माओवादीकी छविमाया कुलुङले ३०३ र एमालेकी शुभधनी कुलुङले २५४ मत पाएका छन् ।

वडाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसका पर्खिधन राईले ३९४ मत ल्याएका छन् । माओवादीका नीरकुमार कुलुङले ३२८ मत एमालेका तिमलकुमार राईले १५१ मत पाउँदा पाएका छन् ।